बालेन शाह र वडा अध्यक्ष बीच चर्काचर्की | बालेन शाह | Balen Shah

बालेन शाह र वडा अध्यक्ष बीच चर्काचर्की | Balen Shah
बालेन शाह र वडा अध्यक्ष बीच चर्काचर्की  | Balen Shah


               काठमाडौँ महानगर भित्रको फोहोरमैला व्यवस्थापन तिब्र गतिमा अगाडी बढिरहेको थियो तर अचानक फोहोर लैजाने टिपर साथै फोहोर व्यवस्थापन गर्ने डोजर र बुल डोजर तोडफोड भएका कारणले केहि दिन देखि काठमाडौँ महानगरको फोहोर व्यवस्थापन रोकिएको छ ।


यस्तो अप्ठ्यारो परिस्थितिमा पनि बालेंनलाइ सुझाब र हौसला दिनु त कता हो कता उल्टै मेयर भएको ७० दिन पुगिसक्दा पनि केहि नगरेको भन्दै वडा अध्यक्ष लगायत अन्य महानगर कर्मचारीहरु पनि बालें शाह प्रति एकदमै रुस्ट भएका छन् ।


सिसडोल र बन्चरे डाँडा का स्थानिय बासिन्दाले अहिले आएर फोहोर व्यवस्थापनमा बिरोध तथा असहमति जनाएका कारण फोहोरमैला व्यवस्थापन मा रोकावट आउदा काठमाडौँका स्थानिय बासी लाई फोहोरको दुर्गन्धले बसिनसक्नु भएको छ भने जात्रा नजिकिदै गैरहेको र सडकमा फोहोर दिनहु बड्ने क्रम जारि रहेको हुदा स्थानिय बासिन्दा झन् झन् आक्रोसित हुदै गैरहेका छन् ।


बाहिर यताउता हिड्न पनि दुर्गन्ध ले  समस्या उत्पन्न भएपछी बरु पहिले झैँ  काठमाडौँ को फोहोर बाग्मतिमै लगेर फाल्नुपर्ने होइन भने सबै फोहोर ठुला सडक बीच लगेर फाल्ने भन्दै बिद्रोही रुप पनि केहि महानगर कर्मचारी ले देखाएका साथै बालेंन शाह संग आक्रोसित एबम क्रोधित पनि भएका छन् । अझै राजधानी को समस्या सरकारले समाधान नगर्ने हो भने  राजधानी बासी आफैले फोहोर बागमतिमा मिसाउने भन्दै रुस्ट भएका छन् ।


हजुरहरुलाई के लाग्छ ?
यस्तो समयमा के गर्दा ठिक होला?
१. वैकल्पिक सुझाब दिने                                              २. सबै कर्मचारी ले बालेंन लाई साथ र सहयोग गर्ने 
३. बालेन को बिरोध गर्ने                                               ४. फोहोर बागमती मा लगेर फाल्ने 


कृपया आफ्नो विचार र  सकारात्मक उर्जा मिल्ने कमेन्टहरु गरिदिनु होला ।

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
SR Entertainment Subscribe Us to watch more Breaking News
Subscribe