आज साउन महिना को अन्तिम सोमबार भएका कारण देशैभरि रहेका सम्पूर्ण शिवालयहरुमा भक्तजनको घुईचो लागेको छ ।साउन महिनाको सुरुवात संगै हरेक सोमबार शिवजीको पुजापाठ गरिरहेका सम्पूर्ण महिला र नारीहरुले आज पूर्ण बिधि पुर्याएर ब्रत अर्को साउन सम्मका लागि समाप्त गर्दछन् ।
पशुपति मन्दिर, दोलेश्वर मन्दिर, हलेसी महादेव मन्दिर, गुप्तेश्वर महादेव मन्दिर, कपिलेश्वर, जलेश्वर र देवघाट लगायत देशभरका प्रायजसो शिवालयहरुमा बिहानै देखि भक्तजनको र बोलबम मेल गर्नेहरुको ठुलै घुइँचो लागेको छ ।
यसरि हरेक साउनको सोमबार ब्रत अथवा शिवजीको पुजापाठ गर्नाले स-परिवारमा सुख, शान्ति छाउनुका साथै आतेताकेका काम पनि पुरा हुने बिश्वास छ । त्यसैले हरेकका घरमा सुख, शान्ति र समृद्धि मिलिरहोस भन्ने आशा र बिश्वासका साथ सम्पूर्ण घरका महिलाहरु साउने ब्रत बस्ने चलन पुस्तौ पुस्ता देखि चलिरहेको छ ।
