बञ्चरे डाँडामा स्थानिय अवरोध हटाउन २ सय प्रहरी जवान परिचालन गरिएको छ । गएको केहि दिनदेखि बञ्चरे डाँडामा काठमाडौँ महानगरको फोहोरमैला ब्यवस्थापन गरिदै आइरहेको र हाल स्थानियले फोहोरमैला ब्यवस्थापनमा अवरोध पुर्याउदै टिपर, डोजर र बुल डोजर लाइ तोडफोड गरेदेखि फोहोरमैला ब्यवस्थापनको कार्य रोकिएको थियो ।
यसै विषयमा महानगरका सम्पूर्ण सदस्यहरुबीच भएको बैठकमा पनि मेयर बालेन शाहको तिब्र आलोचना भएको थियो । यस्तो समयमा सबैजना मिलेर फोहोरमैला ब्यवस्थापन सम्बन्धि वैकल्पिक समाधान खोज्नु त कता हो कता उल्टै मेयर भएको ७० दिन बितिसक्दा पनि फोहोर ब्यवस्थापन गर्न नसकेको भन्दै बिद्रोही शैलीमा मेयारमाथि खनिएका थिए ।
बञ्चरे डाँडामा भएको तिब्र विरोध हटाउन जादा स्थानिय र प्रहरी बीच झडप हुने स्थिति सिर्जना भएको थियो भने त्यसपछि २०० प्रहरी जवान परिचालन गरिएको कुरा जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हाल बञ्चरे डाँडामा काठमाडौँ, धादिङ्ग र नुवाकोटका गरी २०० प्रहरी जवानहरु परिचालन गरिएको कुरा नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिएका छन् ।
अहिले बञ्चरे डाँडामा अवरोधको अवस्था सामान्य भैसकेको छ र सामान्य अवस्था भएपनि प्रहरी जवान टोलि भने त्यहि खटिरहेका छन् ।
