नेपाल धितोपत्र बोर्डले आई.पी.ओ निष्कासनका लागि अनुमति दिइसकेको छ । भदौ महिनामा पालैपालो आउने ठुला आई.पी.ओ कम्पनीहरु अथवा Upcoming IPOs In Nepal 2022 (2079) यसप्रकार रहेका छन् ।
१. पिपुल्स पावर लिमिटेडले साउन ३१ गते देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन अथवा आई.पी.ओ बिक्रि गर्ने भएको छ । यस कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैया बराबरको २४ लाख ६७ हजार ४०० कित्ता निष्कासन गर्ने भएको छ । यस कम्पनीको आई.पी.ओ प्रतिकित्ता रु १०० को दरले आउने भएको छ ।
२. सान्जेन जलविद्युत कम्पनिले भदौ ५ गते देखि आई.पी.ओ बिक्रि गर्ने भएको छ । यस कम्पनीको आई.पी.ओ प्रतिकित्ता रु १०० को दरले आउने भएको छ । यस कम्पनीले ३६ लाख ५० हजार कित्ता आई.पी.ओ निष्कासन गर्दै छ । यस कम्पनीको आई.पी.ओ बिक्रि प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।
३. इस्टर्न हैद्रोपवर लिमिटेडले भदौ ७ गते देखि आई.पी.ओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले ६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । यस कम्पनीको आई.पी.ओ प्रतिकित्ता रु १०० को दरले आउने भएको छ ।
४. खप्तड लघुवित्त संस्था लिमिटेडले भदौ ८ गते देखि आई.पी.ओ बिक्रि गर्ने भएको छ । यस कम्पनीले कुल १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आई.पी.ओ निष्कासन गर्ने भएको छ भने यस कम्पनीको आई.पी.ओ प्रतिकित्ता रु १०० किन्न पाइने छ ।
यदि हजुर हरुलाई शेयर बजार सम्बन्धि केहि प्रश्न र जिज्ञाशाहरु छन् भने तल रहेको कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला ।