स्वस्थ रहने ५ अचुक सूत्रहरू
स्वास्थ्य पनि पैसा जस्तै हो जबसम्म हामी यसलाई गुमाउदैनौ तबसम्म हामीलाई त्यसको मूल्य र महत्व थाहा हुदैन । जब स्वास्थ्य संग सम्बन्धित कुनै ठुलो समस्या आउँछ तब हामीलाई ख्याल आउँछ कि अबदेखि आफ्नो स्वास्थ्यलाइ ध्यान दिनुपर्छ । भनिन्छ नि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । जीवनमा स्वस्थ रहने सजिला ५ अचुक सूत्रहरू यसप्रकार रहेका छन्।
१. देब्रेतिर फर्केर सुत्ने
हाम्रो पेटको बनावट अनुसार दाहिनेतिर कोल्टे परेर सुत्दा पेटको दाहिने साइडमा हुने एसिडहरुले अनेक समस्या सिर्जना गर्दछन जस्तै कि पाचन प्रणालीमा समस्या, रक्त संचारमा समस्या, छाती पोल्ने समस्या, ग्यास्ट्रिक बडाउने समस्या मुख्य हुन् ।
२. पानी पिउने समय र पद्दति
हामीहरुको व्यस्त जीवनमा धेरैजसो मानिसहरु पानी पिउन पनि बिर्सिरहेका हुन्छौ अथवा जब एकदमै प्यास लाग्छ तबमात्र थोरै मात्रामा पानी पिइरहेका हुन्छौ जुन हाम्रो स्वास्थ्यको लागि एकदमै गलत हो ।
हामीहरुको पानी पिउने बानीको विकास गराउन र स्वास्थ्य अवस्था राम्रो राख्न Water Drink Reminder नामको एउटा App बनेको छ । यस App ले हजुरलाई कुन समयमा पानी पिउने, खाना अघि र खाना पछि कति समय पछि पानी पिउने, हजुरले कति पानी पिउनु भयो र यदि हजुरले कम पानी पिएको भए यसै App ले हजुरलाई पानी पिउनको लागि बताउनेछ । यस App लाई Download गर्न तलको लिंकमा Click गर्नुहोला ।
For Android - https://bit.ly/3A34kFJ
For IOS - https://apple.co/3JYuY7j
३. धेरै हिड्नुहोस्
WHO मतलब World Health Organization का अनुसार स्वास्थ्य रहनका लागि हामी दैनिक ८००० पाइला हिद्नुपर्छ । हामीले हिडेका पाइला गन्नका लागि पनि केहि App हरु बनेका छन् । यदि हजुरहरु पनि त्यस App लाई Download गर्न चाहनुहुन्छ भने तल दिएको लिंकमा Click गर्नुहोस् ।
For Android - https://bit.ly/3CcHaj5
For IOS - https://apple.co/3AtiQbg
४. खाना ३२ पटक चबाएर खाने
आयुर्वेदमा भनिएको छ कि जुनसुकै रोग वा बिरामीको कारण हाम्रो पेटसंग जोडिएको हुन्छ । यदि हामीले आफ्नो पेटलाई स्वस्थ राख्न सकेमा हाम्रो शरीर पनि स्वस्थ रहन्छ । पेट ठिक राख्ने मुख्य २ तरिका यसप्रकार रहेका छन् ।
- जंक फूड अथवा रद्दी खाना नखाने ।
- पाचन प्रणाली खराब हुन नदिने ।
यसरि नियमित रुपमा सन्तुलित भोजन खाने र त्यसलाई ३२ पटक चबाउने गर्दा हाम्रो पेटको लागि अति उत्तम हुन्छ ।
५. स्वस्थ वातावण
यदि हजुरहरुको नाजिकका साथीहरु जंक फूड खान्छन्, जसका लागि Lazy मतलब Cool र Excercise मतलब Boring हो र दिनमा १०, १२ चुरोट र कहिलेकाँही रंगिन पानीको पार्टी गर्छन् भने त्यहा धेरै सम्भावना छ कि हजुरको जीवनशैली पनि उनीहरुको जस्तै हुन्छ ।
त्यसैले यदि हजुरले हजुरको नजिकका साथीहरु त्यस्ता छान्नुहोस् जो थोरै भएपनि स्वास्थ्यप्रति सचेत छन्, शारीरिक व्यायाम गर्छन् र जंक फूड मतलब रद्दी खानालाई आफूबाट टाढा राख्छन् । त्यसैले हजुरले यस्ता साथीहरु बनाउनु भएमा हजुरको जीवनमा पनि सकारात्मक पर्नेछ र हजुरको जीवनशैली पनि त्यस्तै हुनेछ ।
हजुरहरुलाई स्वस्थ रहने ५ अचुक सूत्रहरू कस्तो लाग्यो कृपया हाम्रो सानो प्रयासलाई पढेर सकारात्मक उर्जा मिल्ने सुझाबहरु दिनुहुन अनुरोध गर्दछु ।
