नेपाली क्रिकेटका लागी अत्यन्तै खुशीको खबर | नवौं राष्ट्रिय खेलकुंद पुरुष क्रिकेट प्रतियोगिता |
नेपाल क्रिकेट संघ CAN ले नवौं राष्ट्रिय खेलकुंद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल T-20 League भन्दा अगावै सम्पन्न गर्ने तयारी गरेको छ । CAN ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाली T-20 League असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म निर्धारण गरिएको छ । सरकारले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुंदको मिति निर्धारण गर्नु अघिनै CAN ले नेपाल T-20 League को मिति तोकेको हो ।
दुई प्रतियोगिता फरक-फरक समयमा आयोजना गर्न CAN र राष्ट्रिय खेलकुंद परिषद बीच बैठक भईरहेको थियो । नवौं राष्ट्रिय खेलकुंदका लागि भदौ १५ गतेसम्म खेलको दर्ता र २५ गतेसम्म खेलाडी दर्ता गरिसक्नु पर्नेछ । नवौं राष्ट्रिय खेलकुंदमा समाबेस भएका खेलहरु सम्बन्धित संघलेनै व्यवस्था गर्ने भएकाले सबै प्रक्रिया पुरा गरेर प्रतियोगिता आयोजना गर्न सकिने सचिव फनिन्द्र पौडेल ले बताए ।
CAN का सचिव प्रशान्त बिक्रम मल्लले पनि नवौं राष्ट्रिय खेलकुंद अन्तर्गत पुरुष क्रिकेट भदौ अन्तिममा शुरु गरि असोज ५ सम्म सम्पन्न गर्ने तयारी भएको बताए । अहिले छलफलमा भएको र दर्ता प्रक्रिया पुरा भएपछी प्रतियोगिता आयोजना गर्नेछौ मल्लले भने । उनले नवौं खेलकुंद अन्तर्गतको पुरुष क्रिकेट काठमाडौँ स्थित त्रि.वि. मैदानमा खेलाइने पनि जानकारी दिए । महिला क्रिकेट भने पोखरामा राष्ट्रिय खेलकुंदको निर्धारित मितिमा हुने छ । पोखरामा एउटा मात्र क्रिकेट मैदान भएकाले नवौं खेलकुंदको मितिमा २ प्रतियोगिता यसैपनि सम्भव नभएको जानकारी दिए ।