कतारले माग्यो विश्वकपका लागि नेपाली श्रमिक
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बर २१ देखी कतारमा शुरु हुने Fifa World Cup 2022 विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजाने अनुमति दिइसकेको छ । प्रतियोगिता अवधिभर कतारका लागि विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो ।
छोटो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउदा सबै प्रक्रिया पुरा गरेर पठाउने निर्णय गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव तथा रोजगार व्यवस्थापक महाशाखाका प्रमुख राजीब पोखरेलले जानकारी दिए ।
कतारका रोजगार दाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको दुतावासलाई जानकारी गराएको थियो । श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ दुतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो सरकारले सुन्य लागातमा श्रमिक लैजान सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने भएको छ । श्रमिकको दुइतर्फी हवाई टिकेट सहित भर्ना प्रक्रियामा लाग्ने खर्च समेत रोजगार दाताले नै बेहोर्नु पर्नेछ । त्यस्ता श्रमिकले कतारमा काम गर्ने अवध ६ महिना भन्दा कम समयको हुनेछ ।
